Logo

बैंक / बिमा /शेयर

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६० करोड


GDP नेपाल
   ३० बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको नाफा २२.२१ प्रतिशतले बढेको हो। गत वर्ष इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको कुल दावी भुक्तानी भने १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने रिटेन अर्निङमा २ अर्ब २९ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ । चैतसम्म यसले २९ अर्ब १२ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह