काठमाडौँ । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।
जेठ महिनाका लागि व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ७.०७ प्रतिशत कायम भएको छ । यसअघि वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ७.१४ प्रतिशत रहेको थियो ।
नयाँ सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले भने वैशाखकै दरलाई यथावत राखेका छन् ।
लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका हुन् ।
यस्तै, ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् ।
प्रतिक्रिया