Logo

बैंक / बिमा /शेयर

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन


GDP नेपाल
   ३१ बैशाख २०८१, सोमबार


काठमाडौँ । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

मल्ल निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

यस्तै, इन्स्योरेन्सको सदस्यमा सञ्चालक तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा र शान्ता गौतम चयन भएका छ । यस्तै सर्वसाधरण सेयरधनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व समेत गर्दै आइरहेका छन् ।

प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह