काठमाडौं । आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू भएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा हेरफेर गरेसँगै आजबाट ब्रोकर कमिसन दर घट्ने भएको हो । गत बैशाख २३ गते आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो ।
नयाँ ब्रोकर कमिसन दर अनुसार ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।
प्रतिक्रिया