Logo

सूचना/प्रविधि

एक हजार युवालाई फेलोसिप दिने घोषणा


GDP नेपाल
   १ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । सरकारले आगामी वर्ष विभिन्न विषय क्षेत्रका एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले युवा जनशक्तिको क्षमता अभिवृद्धि गरिने बताएका हुन् ।

‘विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइने छ । युवालाई फेलोसिप प्रदान गराउन निजी क्षेत्रलाई परिचालन गरिने छ,’ पौडेलले भने ।

यस्तै सरकारले युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गर्ने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ ।यो पोस्ट हाम्रो साझेदारहरु द्वारा प्रायोजित छ Wigs

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह