Logo

Sub-banner

मकालु दुर्घटनाग्रस्तः नेपाललाई सिंगल इन्जिन जहाज नफापेकै हो ?


appharu
   २ जेष्ठ २०७५, बुधबार


काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको जहाज बुधबार बिहानै दुर्घटनामा पर्यो । टावरसँग सम्पर्कविहिन भएको मकालुको कार्गो विमान अन्ततः दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो ।
यसअघि सिंगल इन्जिन जहाज दुर्घटनामा यात्रु मृत्यु भएपछि सरकारले यसमा यात्रु बोक्न प्रतिबन्ध लगाएको थियो भने नेपाली आकाशमा थप जहाज पनि ल्याउन नदिने निर्णय गरेको थियो ।
यसअघि काष्ठमण्डप एयरको जहाज दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको थियो । नेपाली आकाशमा सिंगल इन्जिनका आधा दर्जनभन्दा बढी जहाज दुर्घटनामा परिसकेका छन् ।
सन् २००९ मा स्थापना भएको मकालु एयर त्यति स्थापित एयरलाइन्स भने होइन । दुर्गममा कार्गो उडान गर्ने यो एयरसँग ३ वटा सेस्ना क्याराभान जहाज रहेकोमा अब २ वटामात्र बाँकी छन् ।
क्याप्टेन फिजोनाथ नेपालीको लगानीमा स्थापना भएको मकालुले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), नेपाल खाद्य संस्थान लगायतका निकायसँगको सहकार्यमा दुर्गममा मूलतः खाद्यान्न र निर्माण सामग्री पुर्याएर सेवा दिँदै आएको थियो ।
सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको नाइन एन एयूजे कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।
विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिएको राससले जनाएको छ ।
विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम अझै खुलेको छैन ।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह