काठमाडौँ । पहिरोका कारण म्याग्दी नदी थुनिएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोका कारण म्याग्दी नदी थुनिएको हो ।
पहिरोले नदी थुनिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको त्यहाँ जनप्रतिनिधिले जनाएका छन् । छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार नदीको तटीय क्षेत्रका बस्तीहरू रहेकाले प्रशासन कार्यालयमार्फत सो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।










प्रतिक्रिया