Logo

Sub-banner

कालिञ्चोक दर्शन लिमिटेड सञ्चालकमा ध्रुवराज शिवाकोटी नियुक्त


gdpnepal
   २३ पुस २०८२, बुधबार


काठमाडौं । कालिञ्चोक केबलकारको सञ्चालक संस्था कालिञ्चोक दर्शन लिमिटेडको ११ औं वार्षिक साधारण सभाले शेयरधनी ध्रुवराज शिवाकोटीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

व्यवसायसँगै समाजसेवामा क्रियाशील शिवाकोटीले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय ताल संरक्षण विकास समितिमा बोर्ड सदस्यको रूपमा काम गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको सूचना तथा प्रविधि विकास समितिमा सदस्य रहेका शिवाकोटीले पशुपति क्षेत्र विकास कोषमा सल्लाहकारको भूमिका निर्वाह गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा रहेको सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यसमितिमा रहेका व्यवसायी तथा समाजसेवी शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडको सञ्चालकमा नियुक्त भएसँगै संस्थाले व्यावसायिक रुपमा थप फड्को मार्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अध्यक्षमा वालकृष्ण शिवाकोटीसहित सञ्चालकहरुमा ध्रुवराज शिवाकोटी, गीता शर्मा आचार्य, सावित्री पाण्डे, कल्पना ओली रहेका छन् । यस्तै, कम्पनीको स्वतन्त्र सञ्चालकमा सुरेशकुमार गुरागाईं र कार्यकारी निर्देशकमा अशोककुमार शिवाकोटी रहेको जनाइएको छ ।

 

प्रकाशित : २३ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह