Logo

Sub-banner

किड्जी प्रि–स्कुलको भैँसेपाटीमा वाकाथन कार्यक्रम


gdpnepal
   ११ मंसिर २०८२, बुधबार



काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त वाकाथनमा स्कुलका बालबालिकाहरू, अभिभावक र शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको थियो । बढ्दो डिजिटल प्रयोगको अवस्थालाई न्यूनीकरण गर्न र बालबालिकाको स्वास्थ्यलाई थप सहयोग पु¥याउने उद्देश्यका साथ उक्त -यालीको आयोजना गरिएको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले बताइन् ।

सहभागीलाई सम्बोधन गर्दै उनले वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्य सहयोग, शारीरिक सक्रियता तथा स्क्रिन समय कटौती रहेको धारणा राखिन् ।

बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता भएको भन्दै उनले यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन सहयोग गर्नेमा जोड दिइन् ।

प्रि–स्कुलले गरेको उक्त कार्यक्रमलाई अभिभावकहरुले प्रशंसा गर्दै बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रोत्साहित गरेको उनको भनाइ छ ।

 

प्रकाशित : ११ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह