Logo

सूचना/प्रविधि

सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा


GDP नेपाल
   १६ जेष्ठ २०८१, बुधबार


काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् । 

तलव सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् ।

‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौं,’ मजदुर युनियनले भनेको छ ।

विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह