काठमाडौ । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५४ हजार ५५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनी ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
तोकिएको समयमा सेयर खरिद आवदेन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया