काठमाडौँ । कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको मूल्य न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
प्रतिक्रिया