Logo

बैंक / बिमा /शेयर

कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   ३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । सभा असार १९ गते बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड, वीरगञ्ज पर्सामा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपर्ने भएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि बैंकले शुक्रबार (जेठ ३२ गते) बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज (जेठ ३१ गते) सम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह