अमेजोनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन् । इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टेस्लाका संस्थापक इलन मस्कलाई पटि पार्दै बेजोस विश्वकै धनी व्यक्ति बनेका हुुन् ।
ब्लूमबर्गले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूची अनुसार बेजोस २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
यस्तै, दोस्रो स्थानमा रहेका मस्कको सम्पत्ति ३.१९ अर्ब डलरले घटेर २ खर्ब ३ अर्ब डलरमा झरेको छ।
फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो १ खर्ब ९८ अर्ब डलरसहित तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया