Logo

बैंक / बिमा /शेयर

बेस्ट फाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   ५ असार २०८१, मंगलबार


काठमाडौँ । बेस्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । फाइनान्सले ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर लिलामी बिक्री खुला गरेका छ ।

यसमा संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।

आवेदकले असार ११ गतेसम्म न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगञ्ज, इटहरी, नारायणघाट, घोराही, चितवन, विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् । तयस्तै,

यस्तै, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित : ५ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह