Logo

बैंक / बिमा /शेयर

सहकारीको समस्या समाधान नभएसम्म अर्थतन्त्रमा सुधार आउँदैन: गभर्नर अधिकारी


GDP नेपाल
   १० असार २०८१, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीको समस्या समाधान नभएसम्म अर्थतन्त्रमा सुधार नआउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै अधिकारीले सहकारीको समस्या समाधान नहुँदासम्म बेंकको खराब कर्जा पनि नघट्ने र अर्थतन्त्रमा पनि सुधार नआउने बताएका हुन् ।

‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारको भूमिका ठूलो छ, सहकारीहरु बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो, हामीले सहकारीम दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौं। तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो,’ उनले भने, ‘यो समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि घट्दैन, अर्थतन्त्रमा पनि सुधार आउँदैन।’

यस्तै, उनले आर्थिक शिथिलताका कारणसमेत खराब कर्जामा बढोत्तरी भएको भए पनि यसमासमेत ऋण नउठ्नु मात्रै मुख्य कारण नभएको बताएका छन् ।

‘साथीहरु दुई वर्षमै दोब्बर भन्दा बढी एनपीए कसरी भयो भन्नुहुन्छ, त्यो क्याल्कुलेसन कसरी हुन्छ हेर्नुपर्छ’, गभर्नर अधिकारी भन्छन्,‘एनपीए त्यति नै बढ्यो तर ऋणको वृद्धिदर कम भयो भने पनि यसले निष्क्रिय कर्जा बढाउँछ, हामीले लिएको कर्जा विस्तारको ११–१२ प्रतिशतको लक्ष्य हासिल भएको भए एनपीए तीन–साढे तीन प्रतिशतमा सीमित हुन्थ्यो होला ।’

प्रकाशित : १० असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह