काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर तोकेका छन् । जसमा १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । यस्तै, एक वाणिज्य बैंकले ब्याजदर बढाएको छ।
औसतमा माघको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेर ६.००१ प्रतिशत निर्धारण भएको छ । पुसमा औसत ब्याजदर ६.०२९ प्रतिशत निर्धारण भएको थियो ।
माघ महिनामा ब्याजदर घटाउने बैंकमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकले भने ब्याजदर बढाएको छ ।
प्रतिक्रिया