Logo

सूचना/प्रविधि

टायर रिसाईक्लिङ गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको ‘स्टार्टअप वल्र्डकप नेपाल’ च्याम्पियन


GDP नेपाल
   १५ असार २०८१, शुक्रबार


पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाण्डौमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा पोखराको स्टार्टअप टि.आर.एफ अपसाईकल्स नेपाल च्याम्पियन घोषित भएको हो ।

स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागी टप १० मध्ये ९ लाई पछि पार्दै टि आर एफ नेपाल च्याम्पियन हुन सफल भएको हो ।

यसपटक पहिलो चोटि स्टार्टअव वल्र्ड कपको संस्थापक कम्पनीका पार्टनर जस्टिन ज्याक्सन नेपालको फाइनलका लागी आएका थिए । उनले नेपालको स्टार्ट ईकोसिस्टम राम्रो बनाउनुपर्ने कुरामा जोड दिए ।

स्टार्टअप वल्र्डकप नेपाल फाईनलको उद्घाटन गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले सरकार स्टार्टअपलाई प्रोत्साहन गर्न एक कदम अघि बढिसकेको बताए ।

त्यसैगरि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप आजको आवश्यकता भएको र यसमा सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । उद्योग सचिव कृष्णबहादुर राउतले नेपालको विकासमा स्टार्टअपलाई साथ लिएर अघि बढ्न मन्त्रालय तयार रहेको जनाए ।

त्यसैगरि अमेरिकी दुतावासका राजनीति तथा अर्थशास्त्र विभागका प्रमुख मार्क टेम्पलरले अमेरिकाले उद्यमशिलतामा धेरै सफलता हाँसिल गरेको र आफुहरुले नेपालमा पनि उद्यमशिलताको क्षेत्रमा सहयोग गरिरहेको बताए ।

काठमाण्डौ जिल्ला समन्वय समितिका प्रमुख शन्तोष बुढाथोकीले स्टार्टअप देश विकासका लागी अपरिहार्य रहेकोमा जोड दिए ।

विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

बिजयी काफ्लेले अमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर ९१३ करोड नेपाली रुपैया बराबर० लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह