Logo

बैंक / बिमा /शेयर

प्रभु बैंक र टी३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुटसम्बन्धी सम्झौता


GDP नेपाल
   २४ असार २०८१, आइतबार


काठमाडौं । प्रभु बैंक र टी३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुटसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको टी३ ले आफ्ना सेवामा छुट दिने सम्झौता गरिएको हो ।

उक्त सम्झौतापत्रमा प्रभु बैंकका वाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईं र टी३ थकाली ग्रुपका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो रेस्टुरेन्टले २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ जाने जो कोहीले नान, तन्दुरी, सेकुवाजस्ता परिकार २४ घण्टा नै पाउने बताइएको छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह