बेइजिङ । चीनले हवाईजहाजकै गतिमा गुड्नसक्ने रेलको आविष्कार गरेको छ । यो रेल प्रतिघन्टा ६ सय किमीको गतिमा उड्नसक्छ ।
यो रेल चुम्बकीय उत्तोलन भएको छ भने यसको गति झन्डै हवाई यात्राको बराबरी भएको विश्व आर्थिक मञ्चले जनाएको छ ।
चीनमा यसअघि नै व्यापारिक प्रयोजनको म्यागलेभ सेवा उपलव्ध रहँदै आएको छ । यो रेलमा पनि सोही प्रविधि समाविष्ट छ ।
म्याग्लेभ प्रविधिले बलियो इलेक्ट्रोम्याग्नेटको प्रयोग गर्छ, जसले रेललाई माथि उठाउने र हावामा अगाडि धकेल्नका लागि सहयोग गर्छ । पांग्रा र रेलबीच कुनै समस्या र घर्षणबिना म्याग्लेभ रेल परम्परागत रेलभन्दा उच्च गतिमा जान सक्छ ।
उच्च गतिमा जाँदाको अवस्थामा पनि यो रेलले कम आवाज निकाल्ने र नथर्कने हुने रिपोर्टमा उल्लेख गरिएको छ ।
सांघाई म्यागलेभ प्रति घण्टा ४ सय ३१ किलोमिटर गुड्छ । यो रेलले सांघाईको पुडोङ विमानस्थल र सिटी सेन्टरबाट २००३ देखि ३० किलोमिटरमा यात्रुलाई सेवा दिँदै आएको छ ।
२०१७ मा फुक्सिङ बुलेट रेलले बेइजिङ–सांघाई लाइनमा १ हजार ३ सय किलोमिटरको क्षेत्रमा सेवा दिँदै आएको छ । यो रेलबाट यात्रा गर्दा यात्राको समयमा ठूलो अन्तरले गिरावट आएको छ । यो रेल प्रतिघण्टा ३ सय ५० किलोमिटरको दुरीमा गुड्न सक्छ ।
रेलको डेभलपरा सीआरआरसी क्विङडाओ सिफाङका डेपुटी चिफ इन्जिनियर डिङ सानसानले बेइजिङबाट सांघाईको यात्रा गर्नका लागि विमानबाट साढे ४ घण्टाको समयम लाग्ने र उच्च गतिको रेलबाट यो दूरीको यात्रा गर्नका लागि साढे पाँच घण्टा लाग्ने बताएका छन्, तर म्यागलेभ रेलबाट यात्रा गर्नका लागि केवल साढे ३ घण्टा लाग्ने उनले बताए ।
म्यागलेभ प्रविधि परीक्षण गर्नेमा चीन एक्लो मुलुक भने होइन । जापानसँग पनि पायोनियर उच्च गतिको रेल छ ।
प्रतिक्रिया