Logo

सूचना/प्रविधि

बङ्गलादेशका सरकारी वेबसाइट ह्याक, युद्धको घोषणा


GDP नेपाल
   ८ श्रावण २०८१, मंगलबार


ढाका। चर्किरहेको आरक्षणविरोधी आन्दोलनका बीच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीका आधिकारिक वेबसाइटहरू द रेजिस्टेन्स नामक समूहले ह्याक गरेको छ ।


तीनवटै वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।


सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।
समूहले तत्काल ह्याकर, ओएसआइएनटी अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।


‘न्यायका लागि लडाइँ शुरू भइसकेको छ , तयार रहनुहोस्,’ ह्याकरहरूले चेतावनी दिएका छन् ।


उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँचजना पुरुष र दुईवटा कुकुरसहितको तस्वीर वेबसाइटमा प्रस्तुत गरिएको छ ।


बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरूका सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन् ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह