काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा बढेसँगै खुद नाफामा सुधार आएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा बैंक १८ करोड ३३ लाख रुपैयाँ घाटामा थियो । यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ३ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २५ करोड ६३ लाख रुपैयाँ सञ्चालन घाटा थियो।
बैंकको इम्पेयरमेन्ट चार्ज पनि २४ करोड ८१ लाख रुपैयाँबाट घटेर २ करोड ३४ लाखमा झरेको छ । बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २६ करोड रुपैयाँ जम्मा छ ।
यसको प्रतिसेयर आम्दानी पनि बढेर २ रुपैयाँ ७० पैसा ९वार्षिक० भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा ९वार्षिक० ऋणात्मक रहेको थियो । यसको नेटवर्थ भने ७८।८५ रुपैयाँ छ ।
प्रतिक्रिया