Logo

बैंक / बिमा /शेयर

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता


GDP नेपाल
   २३ श्रावण २०८१, बुधबार


काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघ बीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार संघसँग आवद्ध सवारी धनीले सलिकोमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा संघको तर्फबाट अध्यक्ष बेदराज बास्तोला तथा सलिकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह