काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया