काठमाडौं । ‘सनराइज फर्स्ट म्युचल फण्ड’ र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’का इकाईधनीहरुलाई प्रतिफल वितरण गरिने भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी फण्डका इकाईधनीहरुले प्रतिफल पाउने भएका हुन् ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचल फण्ड’ र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ नामक बन्दमुखी योजनाहरूको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । यी योजना व्यवस्थापकको सञ्चालक समितिको १४५ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि प्रतिफल दिने निर्णय गरेको हो ।
‘सनराइज फर्स्ट म्युचल फण्ड’का इकाईधनीहरुलाई कर सहित १२.५ प्रतिशत प्रतिफल र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’का इकाईधनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया