Logo

अर्थनीति

विदेशी मुद्रा सञ्चित २० खर्ब ४१ अर्ब


GDP नेपाल
   २ भाद्र २०८१, आइतबार


काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा विदेशी मुद्रा सञ्चित २० खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चित गत वर्ष ३२.६ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ । डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो।

कुल विदेशी मुद्रा सञ्चितमध्ये राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड छ ।

राष्ट्र बैंकका अनुसार मुलुकमा रहेको विदेशी मुद्राको सञ्चितिले १३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ।

प्रकाशित : २ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह