Logo

कृषि / सहकारी

उर्जा निर्यातका वाधक कानून संशोधन गरिने: मन्त्री खड्का


GDP नेपाल
   १४ भाद्र २०८१, शुक्रबार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले उर्जा निर्यात गर्ने उद्देश्य पूरा गर्न बाधक हुने कानूनहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै सोही उत्पादनलाई निर्यात गरेर आयआर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य सरकारको रहेको भन्दै यो काम पूरा गर्न आवश्यक पर्ने कानूनहरुको संशोधन हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रा आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुका साथै उत्पादनलाई निर्यात एवम विक्री गरेर, आयआर्जनमार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । यो हामी सबैको साझा दायित्व, सोच र चिन्तन हो । यो काम गर्नका लागि आवश्यक पर्ने कानूनहरुको संशोधन, परिमार्जित र व्यवस्थन गर्न आवश्यक छ । आन्तरिक आवश्यकता पूरा भएपश्चात निर्यात गर्ने उद्देश्यमा बाधक हुने कानूनहरु संशोधन गरेर अगाडि बढ्ने हो ।’

यस्तै, उनले देशको आन्तरिक आवश्यकतालाई परिपूर्ति गरेपछि निर्यात गर्ने विषयमा सबैको एकमत रहेको बताए ।

प्रशारण लाइनको माध्यमबाट कतिपय ठाउँका आवश्यकताहरु भूगोलको हिसाबले पुर्याउन नसक्ने भन्दै यसमा नविकरण उर्जाको सहयोग आवश्यक हुने पनि उनको भनाई छ ।

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह