Logo

कृषि / सहकारी

अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ: मन्त्री सिंह


GDP नेपाल
   २५ पुस २०८१, बिहिबार


तनहुँ  । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । बिहिबार तनहुँ महोत्सवमा सम्बोधन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् ।

तनहुँ जिल्लाको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र उर्जाको क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताए । ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन, उनले भने । कोभिडले नेपालको अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको सिंहले बताए ।

त्यस्तै उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको  जिविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रको विकासमा  विशेष ध्यान दिइरहेको बताए ।

महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कलासँस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।

प्रकाशित : २५ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह