काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद गरी १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८ सय ८० रुपैयाँ छ ।
प्रतिक्रिया