Logo

सूचना/प्रविधि

एनसेलले ल्यायो नयाँ टिकटक प्याक


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । एनसेलले ग्राहकहरुको लागि टिकटक प्याक ल्याएको छ । कम्पनीले शुक्रबार भाद्र २१ गतेबाट टिकटक प्याक सञ्चालनमा ल्याएको हो ।

कम्पनीले सबै सधैं सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।
यस अफरमा ग्राहकहरुले करसहित मात्र १७५ रुपैयाँमा सातदिन सम्ममा अनलिमिटेड टिकटक चलाउन सक्नेछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


सरकारबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै कम्पनीले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाइनेछ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह