Logo

सूचना/प्रविधि

फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव


GDP नेपाल
   २ आश्विन २०८१, बुधबार


काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ ।

मंगलबार काठमाडौमा एक विशेष कार्यक्रमबीच एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर०का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाव्बोर कायुमोभले भने, “विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरी रु २ अर्व ९१ करोड ५० लाख अमेरिकी डलर० भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा बिश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौँ ।”

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उदेश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरु गरेको उल्लेखनीय ट्रयाक रेकर्ड छ । २०७२ सालको बिनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । साथै आफ्ना परिवारजन तथा आफन्तहरुसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरुलाई रु १ अर्ब ६० करोड वरावरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५०। लाख सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षाकोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी २०७१ सालमा, देशका बिभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ४ वर्षमा कम्पनीले कम्तिमा रु २० करोड सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ। सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ ।

“एक वर्षअघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपाईंहरुको संस्थामार्फत पारा खेलाडीहरुको बिकासको लागि सहयोग गर्न चाहन्छौ भन्दा उहाँहरुले विश्वासनै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन, त्यो क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो,” जाब्बोरले भने ।

ब्राण्ड वाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुभारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरुका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको जनाएको छ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन्‌ र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन्‌ । गत वर्ष ‘एटीन फर एटीन’अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन्‌ ।

सन्‌ २००५ मा आजकै दिन अर्थात सेप्टेम्वर १५।बाट (एनसेल(९पहिले( मेरो मोबाइल०ले आफनो सेबा सचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको जनाएको छ ।

“यो यात्रा हाम्रो ग्राहक, साझदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोसाबिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोर्याउन हामी तत्पर छौं,” जाब्वोरले भने ।

नेपालको एक ठूलो करदाताको रुपमा एनसेलले आफ्नो स्थापनाकालदेखि आजसम्म रु ३२० अर्ब भन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाइसकेको छ र नेपालका अर्थतन्त्रमा उल्लेखनिय योगदान पुर्याएको जनाएको छ ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह