Logo

बैंक / बिमा /शेयर

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धिबीच सम्झौता


GDP नेपाल
   १६ आश्विन २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो ।


सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामि र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।


कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता कात्तिक मसान्तसम्म मात्र लागू हुने छ ।


बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह