Logo

बैंक / बिमा /शेयर

मारुती सिमेन्ट्सको लाभांश घोषणा, बोलायो साधारण सभा


GDP नेपाल
   १८ आश्विन २०८१, शुक्रबार


काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यसका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा बिहान सढे ११ बजे सुरु हुनेछ । सभामा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।


साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । कम्पनीले ३७७ रुपैयाँका दरले १ करोड १६ लाख कित्ता आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।


प्रकाशित : १८ आश्विन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह