काठमाडौँ । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ह३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया