Logo

बैंक / बिमा /शेयर

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त


GDP नेपाल
   १८ आश्विन २०८१, शुक्रबार


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । श्रेष्ठले आज देखि आधिकारिक रूपमा सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।

नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा श्रेष्ठको यात्रा सुरु भएको थियो । उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले श्रेष्ठलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पुर्‍याउन सफल भएको छ ।

नव नियुक्त सीईओ श्रेष्ठले आफ्नो विचार राख्दै भनिन् “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।”

कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले पनि आफ्नो विचार राख्दै भने, “हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।”

प्रकाशित : १८ आश्विन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह