Logo

Banner-news

हुवावेको आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी-ओएस’ सार्वजनिक, एन्ड्रोइडलाई चुनौती ?


GDP Nepal
   २४ श्रावण २०७६, शुक्रबार


डोङगुआन, चीन (एएफपी): अन्ततः चिनियाँ प्रविधि कम्पनी हुवावे आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । अमेरिकी कम्पनी गुगलले हुवावेलाई अपरेटिङ सिस्टम एन्ड्रोइडमा प्रतिबन्ध लगाएसँगै हुवावेले आफ्नै अपरेटिङ सिस्टम सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।

हुवावले सार्वजनिक गरेको अपरेटिङ सिस्टमको नाम भने हार्मोनी-ओएस राखिएको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो ।

यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो ।

एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो ।

विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ ।

हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन् । हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याएको बताए ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह