Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   २१ आश्विन २०८१, सोमबार


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।


यस सभाले शेयरधनीलाई आव २०८०/८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ ।
आव २०८१/८२ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

प्रकाशित : २१ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह