Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   ५ कार्तिक २०८१, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ  ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ  १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ  ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ  १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैयाँ  ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ  ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ  ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ  ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

 

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह