Logo

बिजनेस होम

सिप्रदी ट्रेडिङद्वारा लुम्बिनी-दिल्ली रुटमा चल्ने १० वटा टाटा बस हस्तान्तरण


GDP नेपाल
   २० कार्तिक २०८१, मंगलबार


काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस हस्तान्तरण गरेको छ।


रुपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको हो।

त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि.पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. र भेरी यातायात प्रा.लि. जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा छ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मकोअन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जानकारी दिए ।


टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाा बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने दाबी कम्पनीको छ।


अत्याधुनिक माग्नार गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ’ सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह