काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
यसका लागि कम्पनी सञ्चालक समितिको बैठकले आईपीओ प्रस्तावसहित १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटेल क्रिष्टल पशुपती, ट्रेड टावर, गौशालामा विहान १०ः३० बजे हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । अन्य कम्पनीसँग मर्जरमा जाने संकेत पनि कम्पनीले गरेको छ ।
सभामा मर्जरमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावमाथी पनि छलफल हुनेछ ।
साथै गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित हुनुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
प्रतिक्रिया