काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।
प्रतिक्रिया