Logo

बिजनेस होम

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’


GDP नेपाल
   ९ मंसिर २०८१, आइतबार


काठमाडौं । सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । आइतबार एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

सर्भिस सेन्टरले सार्वजनिक यातायात र कार सेन्टरको मर्मतको लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । खासगरी इभी गाडीलाई बढी प्राथमिकता दिने हिसावले सेन्टर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक हेमन्त अग्रवालले बताए ।

उनले भने, ‘सर्भिस सेन्टर प्यासेन्जर सेक्मेन्ट इभीहरु जस्तै खालका दुईवटा सेक्मेन्टहरुको मार्केटमा छौं । कर्मसियल भेकल सेक्मेन्ट सार्वजनिक यातायातमा बेच्ने गाडीहरुलाई कर्मसियल भेकल सेक्मेन्टमा राखेका छौं । र अर्को प्यासेन्जर कार छ ।

प्रिमियर प्यासेनजरहरुका लागि छुट्टै सर्भिस सेन्टर सञ्चालन गरेका हौं । जसमा कस्टमरहरुलाई आरामका साथ यहाँ बसेर गाडीको रिपेयर गरेको देख्न सक्नुहुन्छ । भित्रको इक्वीमेन्टहरु, सुविधाहरु, ईन्टरनेसनल लेबलको छ । ईन्टरनेसनल लेबल कै सर्भिस नेपालमै अफर गर्न खोजेका हौं । हामी इभीमा विश्वास राख्छौं र फोकस जहिले पनि ईभीमै छ ।

साथै उनले नेपालमा सर्भिस सेन्टरको नेटवर्क स्थापना गर्नु नै ठूलो कुरा भएको बताए । उनले हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरे ।

सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ ।

हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

प्रकाशित : ९ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह