काठमाडौं । नेपालमा उत्पादित बिजुली खरिदका लागि बल्ल भारत सरकारले चासो देखाएको छ । भारतीय अधिकारीहरुका अनुसार नेपालबाट आउँदो १० वर्षभित्र १५ हजार मेगावाट किन्ने भारतको योजना छ ।
भारतले आफ्ना छिमेकी राष्ट्र नेपाल र भुटानबाट बिजुली किन्ने बताउँदै आएको छ । हालै आयोजित एक कार्यक्रममा भारतीय अधिकारीहरुले बिजुली किन्ने तयारीबारे जानकारी गराएका हुन् ।
भारतीय अधिकारीहरुको यस्तो भनाइसँगै नेपाली जलविद्युत उत्पादकहरु उत्साहित भएका छन् । नेपालमा उत्पादित बिजुली स्वदेशमै खपत हुन नसके के गर्ने भन्ने चिन्ता कम हुँदै गएको छ भने भारतमा बिजुली बिक्री हुन सके बंगलादेशमा पनि बिक्री गर्न सहज हुनेछ ।
त्यसो त नेपाल सरकारले पनि सन् २०३५ भित्र ११ वटा अन्तरदेशीय प्रसारण लाइनमार्फत २४ हजार ५ सय मेगावाट विद्युत् बेच्ने योजना बनाएको छ भने नेपाल सरकारले अघि बढाएको योजना पनि १० वर्षभित्र ५ हजार मेगावाट बिजुली बेच्ने योजना छ ।
प्रतिक्रिया