काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक अन्य विद्यमान संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको कम्पनी सचिवको शाखामा बुझाउनु पर्नेछ।
तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बेंकले जनाएको छ।
प्रतिक्रिया