Logo

सूचना/प्रविधि

वर्ल्डलिंकको इन्टरनेट जोड्दा अब ३२ इन्चको सिजी टिभी सित्तैमा


GDP Nepal
   २४ भाद्र २०७६, मंगलबार


काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले नेपालीहरुको महान चाड बडादसैं र तिहारको उपलक्ष्यमा इन्टरनेट जडानमा टिभी पाइने अफर ल्याएको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेडले ल्याएको यस अफरअन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँमै पाउन सक्नेछन् ।

यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वर्ल्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचरमार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको जनाएको छ ।

यस्तै, सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० रुपैयाँ नगद ब्यालेन्स प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : २४ भाद्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह