Logo

सेयर बजार

१५.९३ अंकले घट्यो सेयर बजार, ८ अर्ब ३६ करोडको कारोबार


GDP नेपाल
   २० मंसिर २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १५.९३ अंकले घटेर दुई हजार ७३४.९३ विन्दुमा पुगेको छ ।

बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ९६, होटल तथा पर्यटन २५८, अन्य ९, हाइड्रोपावर ३२, माइक्रोफाइनान्स ५८, उत्पादन ७७ र निर्जीवन बीमा उपसमूह २५ अंकले घटेको छ ।
त्यस्तै, आज जीवन बीमा १०८ र ब्यापार उपसमूह १७९ अंकले बढेको छ ।


आज सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ८.३७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज खानीखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढेको छ ।




यस दिन ३०७ कम्पनीको एक करोड ६७ कित्ता सेयर ८ अर्ब ३६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह