Logo

मुख्य समाचार

निगमलाई १५ दिन भित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन


GDP नेपाल
   २१ मंसिर २०८१, शुक्रबार


काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाई थियो । नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएक थिए । निगमलाई घाट लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियोे ।

प्रकाशित : २१ मंसिर २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह