Logo

राजनीति

गोपी हमालको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार सुरुः ४८ घन्टा निगरानीमा राखिने !


gdpnepal
   २३ मंसिर २०८१, आइतबार


काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)को नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार सुरु भएको छ । चिकित्सकहरुले पहिलो ४८ घन्टा निगरानीमा राखिन थप उपचार अघि बढाउने भएका छन् ।

नगर प्रमुख गोपाल हमालका भाइ श्याम हमालले दिएको जानकारी अनुसार अहिले दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा नगर प्रमुखको उपचाररत भइ रहेको छ ।

उपचारको क्रममा चिकित्सकहरूले विभिन्न परीक्षणहरू गरिरहेका छन् भने डाक्टरहरूले उनलाई ४८ घण्टा निगरानीमा राखी त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने जानकारी दिएका छन् ।

शनिबार धनगढीको माया मेट्रो अस्पतालबाट हमाललाई दिल्ली लगिएको हो ।

प्रकाशित : २३ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह