Logo

सूचना/प्रविधि

काठमाडौँ महानगरपालिकालाई हालसम्मकै उच्च अंक


GDP नेपाल
   १४ पुस २०८१, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा हालसम्मकै उच्च अंक प्राप्त गरेको छ ।

आइतबार काठमाडौं नगरसभाको १६ औं अधिवेशनमा उपमेयर सुनिता डंगोलले महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको र जुन हालसम्मकै उच्च अंक रहेको जानकारी गराइन् ।

उनले भनिन्,‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको छ । यो अंक काठमाडौं महानगरपालिकाको हालसम्मकै उच्च अंक हो । यो सफलता हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

त्यस्तै मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा बजेट संशोधन,आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१ ,नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गरे ।

उनले भने,‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा बजेट संशोधन, आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१ ,नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गर्दछु ।’

प्रकाशित : १४ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह