Logo

अर्थनीति

राणाले भारतीय लगानीकर्तासँग भनिन्- अब ढिला नगरी लगानी बढाउनुस्


appharu
   २४ चैत्र २०७४, शनिबार


जीडीपी नेपाल
काठमाडौं, २४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भारत भ्रमणमा रहेकी राणाले दिल्लीमा आयोजिते नेपाल–भारत व्यवसायिक फोरम बैठकलाई अध्यक्ष राणाले स्थिर सरकार रहेको प्रधानमन्त्री पनि मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहेको भन्दै ओलीको नेतृत्वमा अव नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडी बढ्ने विश्वास दिलाइन् ।
नेपाल र भारत दुवै प्राकृतिक स्रोत साधनले भरिपूर्ण र यूवा जनशक्तिले भरिभराउ देश रहेकाले यसको भरपुर उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गरी अगाडी बढनु पर्ने धारणा राणाले राखिन् । हामीसँग रहेको अपार स्रोतहरुको अधिकतम उपयोग मार्फत हाम्रा जनताहरूको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अघि बढ्नु पर्ने सुझाव उनो थियो । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालयित रहेको पनि अध्यक्ष राणाले बतइन् ।
अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयां शिराबाट अगाडी बढाउनु पर्नेमा समेत जोड दिइन् । दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको स्मरण गर्दै अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको विस्तार तथा सहकार्यका नयाँनयाँ क्षेत्रहरूको पहिचानमा समेत जोड दिनुपर्ने उनंको सुझाव थियो । वदलिँदो परिस्थितिमा क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसाथ गर्दै त्यसबाट लाभ उठाउन समेत आपसी सहकार्य जरुरी रहेको धारणा उउनले राखिन् । अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले बताइन् ।
आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडी बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतसँगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको भन्दै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको समेत वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नेपालको समृद्धिको चाहनालाई पुरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल गरिन् । उनले यतिवेला जस्तो नेपालमा लगानी गर्ने उपयुक्त समय कहिल्यै नभएको समेत प्रष्ट पारिन् ।
सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको उल्लेख गर्दै राणाले नेपालले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरुका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य हुन सक्ने धारणा राखिन् । यस्तै, सरकारले विद्युत आर्पूिर्तको प्रभावकारी व्यवस्थापन गरेका कारणनै लोडसेडिङ अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमतामा समेत सुधार भएको उदाहरण राख्दै अध्यक्ष राणाले उर्जा उत्पादनमा अहिले निकै ठूला परियोजना समेत अगाडी बढेकाले आगामी दिनमा निकै धेरै उद्योगहरू आउनुका साथै उत्पादन क्षमतामा समेत ठूलो सुधार आउने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको स्पष्ट पारिन् ।

चुनौतीहरूका बीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरूले निकै धेरै लाभ उठाउन सकेको उदाहरण दिँदै अध्यक्ष राणाले ती उद्योगहरूले आफ्नो परियोजना समेत विस्तार गर्दै गएको भन्दै निकै धेरै लगानी खोजिरहेको नेपालका लागि सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई अपिल गरिन् । महासंघका अध्यक्ष राणासँग्र भ्रमण टोलीमा विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहित कार्यकारिणी समितिका सदस्यहरू दिनेश श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, आनन्द कुमार अग्रवाल वगारिया, भरतराज आचार्य, प्रकाश सिंह कार्की, विजयसिं वैध, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर १ का उपाध्यक्ष राजेन्द्र राउत, व्यवसायी देश बन्धु वस्नेत सहभागी छन् ।

प्रकाशित : २४ चैत्र २०७४, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह